देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री दाहालको सचिवालयमा ७ जनाको नियुक्ति

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो स्वकीय सचिवालयमा ७ जनाको नियुक्ति गरेका छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका उनी दोस्रो संविधानसभा सदस्य थिए ।

प्रधानमन्त्रीको स्वकीय सचिवमा माओवादीका केन्द्रिय सदस्यहरु रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन्। उनीहरु यसअघि पनि खुमलटारमा दाहालको स्वकीय सचिवका रुपमा कार्यरत थिए ।

त्यस्तै स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन्। शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि दाहालको प्रेस संयोजक थिए । तिमिल्सिना भने प्रेस विज्ञको रुपमा नियुक्त भएका छन् ।

दाहालको स्वकीय सचिवालयले पूर्णता पाउन अझै बाँकी छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत पदमा नियुक्ति गर्न बाँकी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार