देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री दाहालविरुद्धको मुद्दाको सुनुवाइ आज

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ बिहिबार (आज) हुँदैछ ।

गत मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुन लागेको हो ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिको आधारमा दाहाललाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार