देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवालाई अमेरिकी मन्त्रीको प्रश्न – एमसीसी टेबुल गर्न किन ढिला ?

0

काठमाडौं – अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। प्रधानमन्त्री देउवा र सहायक विदेशमन्त्री लुबीच बिहिबार टेलिफोन वार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार एमसीसीबारे भइरहरेको ढिलाइबारे लुले प्रधानमन्त्री देउवासँग जानकारी लिएका थिए। लु को जिज्ञासाको जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुसँग छिट्टै सहमति गरेर संसदमा टेबुल गर्ने बताएका थिए।

यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाली नेताहरुले नै फेब्रअरी २८ को समयसीमा मागेकाले त्यसको सम्मान हुने बताएकी थिइन्।

उनले उक्त समयसीमामा पनि एमसीसी पास नभए उक्त परियोजना अन्य आवश्यक परेका देशलाई दिइने बताएकी थिइन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार