देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न बैठक बिहीबार बिहान १० बजे बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ ।

पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले मुख्य भूमिका खेलेको भन्दै एमालेले भदौ २३ गतेबाट सुरु भएको संसदको दुबै सदन अवरोध गर्दै आइरहेको छ ।

तर सभामुख सापकोटाले १४ सांसदलाई कारबाही गरेको सूचना नटाँसेपछि एमाले आक्रोशित बन्दै आइरहेको छ । एमालेले सभामुखले १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्न वा पदबाट राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार