देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवा कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने

0

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ । प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।

स्कटल्यान्डको ग्लास्कोमा नोभेम्बर १ र २ मा जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर सम्मेलन हुँदैछ । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले यसबीचमा कुनै देशको भ्रमण गरेका छैनन् । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि स्कटल्यान्ड भ्रमण नै उनको पहिलो विदेश भ्रमण हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार