देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवा घोडे जात्रामा सहभागी नहुने

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य हुने गरेको थियो ।

प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् ।

‘प्रधानमन्त्री आजै भारत भ्रमणमा जानु हुने भएकोले सहभागी हुन सक्ने अवस्था नभएको हो । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा  घोडे  आउने भएपनि यो साल  प्रधानमन्त्री घोडे जात्रामा  उपस्थित  नहुने सैनिक प्रवक्ता नारायण सिलवालले बताएका छन् ।

सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ भने उता प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २ः४५ बजे अवतरण गर्ने समय तालिका छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार