देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवा बालकोटमा

0
<p>फोटो साभार गोबिन्द परियारको फेसबुक वाल</p>

फोटो साभार गोबिन्द परियारको फेसबुक वाल

काठमाडौं – प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्न वालकोट पुगेका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार देउवाले शनिबार १० बजे ओली निवास बालकोटमै पुगेर भेटेका हुन् ।

लामो समयदेखि संसद अवरुद्ध रहेको अवस्थामा संसदको गतिरोध खुलाउन सक्रिय देखिएका देउवाले ओलीसँग भेट्न लागेका हुन् ।

सत्तारुढ गठबन्धनको बिहीबार बसेको बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका लागि ओली निवास नै गएर देउवाले पहलकदमी चाल्न गठबन्धनका नेताहरुले सुझाव दिएका थिए ।

सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए।

उनले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र राजनीतिक निकास दिनका लागि ओलीसँग आग्रह गरेका थिए।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार