देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ७६ जनालाई कोरोना संक्रमण

0
<p>फाइल तस्विर</p>

फाइल तस्विर

काठमाडौं – प्रधानमन्त्री निवास वालुवटारमा कार्यरत प्रधामन्त्रिका सल्लाहकार, कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरुलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा र फोटोग्राफर राजन काफ्लेले सामाजिक सञ्जाल मार्फ्त कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनीहरुले आफूहरु संक्रमित भएकाले सम्पर्कमा आएकाले शतर्क रहन र परीक्षण गर्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । तर, उनलाई स्वास्थ्य शतर्कता अपनाउन भनिएको बुझिएको छ । विश्वस्त स्रोतका बालुवाटारमा कार्यरत सल्लाहकार, सुरक्षाकर्मी, चालक र कर्मचारी लगायत कुल ७६ जना कोरोना संक्रमित भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार