देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘प्रधानमन्त्री न्यायाधीश भएको हामीलाई मान्य छैन’- गौतम

0

काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सदनको गरिमा बुझेको भए पनि किन आफ्नो आवाजलाई सरकारले नसुनेको भन्दै प्रश्न गरे। 

उनले सहकारी ठगीको विषय हिजो पनि उठेको बताउँदै उनले वर्तमान सरकारमा रहेकाले किन नैतिकता देखाएनन् भन्दै प्रश्न गरेका छन्। 

उनले हिजोभन्दा परिस्थिति फेरिएको भएपनि तत्कालीन अवस्थामा सरकारले छानबिन भइरहेको छ भन्दा आफूहरु पर्खेर बसेको बताए। 

गौतमले भने, ‘तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले हामीले अनुसन्धान गरिरहेका छौँ भन्नुभएको थियो। हामी विश्वस्त थियौँ। अहिले परिस्थिति फेरिएको छ। अहिले सत्ता पक्षमा भएका साथीहरूले पनि आवाज उठाउनुभएको थियो। त्यसमा पनि प्रधानमन्त्रीले न्यायाधीशजस्तो भएर जुन जवाफ दिनुभयो। त्यो हामीलाई मान्य छैन।’

उनले यो विषयमा सरकार गम्भीर बन्न माग गर्दै छानबिनका लागि संसदीय समिति गठनको माग गरे। आफ्नो आवाजलाई बेवास्ता गरे सदन अवरोध गर्ने चेतावनी समेत दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार