देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री बाहेक सबै २६ मन्त्रीले दिए सामूहिक राजीनामा

0

काठमाडौं –  श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन्।

प्रधानमन्त्री महिन्दा राजपक्षे र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरू आक्रोसित बन्दै गएका छन्। यसबीच सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि देशभर कर्फ्यु लगाइएको छ।

श्रीलंकामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ। केही समयका लागि सामाजिक सञ्जालको पहुँचसमेत अवरोध गरिएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार