देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ता र आसेपासेका लागि मात्र :सांसद परियार

0

(काठमाडौं) – नेपाली कांग्रेसको केन्दिय सदस्य ,संबिधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सांसद सुजाता परियारले  प्रस्तुत बजेटले भाइरसको संक्रमणका कारण जनता जोखिममा परेको अबस्था तर्फ ध्यान नदिई प्रधानमन्त्री रोजगार कार्यक्रममा विगतमा झार गोडर नेकपाका कार्यकर्तालाई पैसा बाँड्ने कार्य गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै बढाइएको बजेट आफ्नै पाटीका आसेपासे कार्यकर्तालाई पोस्ने मात्र काम हुने हुदा औचित्यहिन बजेट रहेको टिप्पणी गरेकी छन्  ।

सरकारको तर्फबाट अर्थमन्त्री खतिवडाद्वारा बिहीबार संसदमा पेश गरिएको बजेटबारे ग्रामीण क्षेत्रका युवाहरूलाई रोजगारीका विषयमा बजेटले ध्यान दिन नसकेको विषयमा समेत सांसद परियारले टिप्पणी गरेकी छन्   ।

 निजामती कर्मचारीहरू प्रति निर्मम बनेको बजेटले सरकारको लक्ष्य प्राप्त गर्न मुस्किल रहने र कोरोना महामारीका कारण विश्व नै संकट परेका बेला  २.३ प्रतिशतले आर्थिक वृद्धि हुने सम्भावना नुन्य रहेको पनि सांसद परियारले  बताएकी छन्।  
 
स्वास्थ्य क्षेत्रमा बजेट बढाएको देखिए पनि कार्यान्वयनमा चुनौती रहेको र बजेटले जति नै महत्वकांक्षा राखे पनि राजश्व संकलनमा अर्थमन्त्रीले सोँचअनुसार उठाउन सक्ने गरेर कार्यक्रम र योजना ल्याउन नसकेको उनले बताएकी  छन् । सांसद विकास पूर्वाधार कार्यक्रमको बजेट पूर्ण रुपमा रोक्न  जनस्तर बाट चर्को दवावलाई अर्थमन्त्रीले कटौती गर्न नसकेको भन्दै असन्तुष्टि जनाएकी छन् ।
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार