देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री लाई नै सरकार धेरै टिक्दैन भन्ने लागिसकेको छ – ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले दाहालको पछिल्लो समयको अभिव्यक्तिले प्रधानमन्त्री लाई नै अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे ।ओलीले देश बनाउने परिस्थिति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताए ।

केहि दिनअघी प्रधानमन्त्री दाहालले एमालेमा पहिरो जान्छ भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए ।

अध्यक्ष ओलीले यति, वाइडबडी लगायतमा छानबिन गरे सत्तामा रहेकाहरू नै जेल पर्ने दाबी गरे । उनले ८४ को निर्वाचनमा अरु सबै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

त्यस्तै उनले विरोधीहरूलाई देखाउनका लागि पनि एकताबद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उनले बताए । ‘पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्‍मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस्’ ओलीले निर्देशन दिए ।

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल आकांक्षी छन् । कँडेल वर्तमान अध्यक्षसमेत हुन् । अधिबेशन अन्तर्गत  आइतबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार