देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

“ प्रधानमन्त्री सङ्कटकाल लाउने, संसद् विघटन गर्नेतर्फ लाग्नुभएको छ ।”- वामदेव गौतम

0

काठमाडौं – नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी ओली फुट र विभाजनतर्फ अग्रसर भएको बताएका छन् । बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले यस्तो बताएका हुन् । “प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ । एकता बचाउनुपर्छ भन्ने छैन,” उपाध्यक्ष गौतमले युवा–विद्यार्थीलाई भनेका थिए, “सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ उहाँ लाग्नुभएको छ ।”

ओलीलाई बैठकमा भाग्न, बहसबाट भाग्न छुट नभएको उपाध्यक्ष गौतमको निष्कर्ष थियो । पार्टी मिलाउनु पर्ने तर मिल्ने दिशातिर नगएको भन्दै भेटमा उपाध्यक्ष गौतमले चिन्तासमेत व्यक्त गरेका थिए । उनले अहिलेको गत्यावरोधको कारक ओलीनै भएको बताएका थिए ।

“प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक बहिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन । उहाँ बैठकमा आउनुपर्छ । बैठकमा छलफल गर्नुपर्छ । आफ्नो मत राख्नुपर्छ । अरूका कुरा पनि सुन्नुपर्छ,” उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

पार्टीमा सबैलाई मिलाएर लैजान भूमिका खेल्नुपर्नेमा ओली अर्को बाटो हिँड्न खोजेको गौतमको आरोप थियो । फुटबाट जोगाउनका लागि छलफल शुरु गरेका छन् । गौतम निवास भैसेपाटीमा मंसिर १८ गते नेता गौतमले युवा विद्यार्थीसँग छलफल गरेका हुन् ।

गौतम निवासमा तामाङका अतिरिक्त तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेताहरू छलफलका लागि पुगेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार