देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री सहित गठबन्धनका सबै शिर्ष नेताहरु भारतीय दूतावासमा

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु भारतीय दूतावास पुगेका छन्।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएपछि प्रधानमन्त्री देउवासहित नेताहरु लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लैनचौर पुगेका छन्।

नेपालका लागि भारतीय विनयमोहन क्वात्राको बिदाईका लागि आयोजित रात्रिभोजमा सहभागी हुन प्रधानमन्त्रीसहित नेताहरु दूतावास पुगेका हुन्।

भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएको बताइएको छ । दूतावास स्रोतले भने बिदाइका अवसरमा क्वात्राले रात्रीभोज आयोजना गरेको र त्यसमा प्रधानमन्त्री पनि सहभागी भएको बताए ।

रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास गएनन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् । ओलीसँग क्वात्राले बालकोटमै गएर बिदाइ भेट गरेको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार