देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री ३० भदौमा न्युयोर्क गएर ४ असोजमा उतैबाट चीन जाने

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयले दुवै भ्रमणको तयारी थालेको छ ।

मंगलबार बालुवाटारमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले पाँच दिन न्युयोर्कको व्यस्त कार्यतालिका सम्पन्न गरेर न्युयोर्कबाट ४ असोजमा चीन जाने जानकारी दिए। उनले न्युयोर्कमा ४ असोजमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् ।

दहाल पाँच दिनको न्युयोर्क बसाइमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहदेखि उच्चस्तरीय भेटवार्तामा सहभागी भएपछी ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

चीन भ्रमणका क्रममा नेपाल–चीन सीमापार विद्युत् प्रसारणलाइनसम्बन्धी सम्झौता हुन सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले रसुवागढी–केरुङ तथा संखुवासभा–तिब्बत विद्युत् प्रसारणलाइन निर्माणबारे सम्झौता गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार