देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा

0

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको तत्कालीन सिरानचोक गाविस–१ मा रहेको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको बजेट हिनामिना गरेको आरोपमा आयोगले प्रधानाध्यापक शिवकुमार साहविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पुस्तकालय व्यवस्थापनका लागि ‘फिक्सिङ’ र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आयोगले आरोप लगाएको छ । साहले झुठा बिल भर्पाइ तथा कागजात बनाई अनुदान शीर्षकको छ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । साहविरुद्ध सोही रकम बराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार