देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रबासी दोलखालीबाट १२५ घर परिवारलाइ राहत वितरण

0

दोलखा – कोरोना माहामारिले मानिसलाई विभिन्न समस्या मा पारेको छ। लामो समय सम्म गरिएको बन्दाबन्दी, पछिल्लो समय बढ्दो सङ्क्रमितको सङ्ख्या का कारण खाद्यान्न अभाव, स्वास्थ्य तथा रोजगारी जस्ता समस्याले मानिसको दैनिकीमा नराम्रो असर परेको छ। यसका साथै अभाव र समस्याका बाबजुद नजिकिदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्ता ले पनि धेरैलाइ पिरोलेको छ।

यसरि समस्यमा परेकालाई थोरै भएपनी राहात मिलोस भन्ने उद्देश्यका साथ बिगु गाउँपालिका वाड न. ५ स्थाई ठेगाना भइ रोजगार तथा अन्य शिलशिलामा विदेशमा भएका नेपालीहरुको सहयोगार्थ उक्त वडाका १२५ घरपरिवारलाइ राहत वितरण गरिएको छ।

प्रति परिवार एक बोरा चामल , नुन , तेल चिउरा , साबुन , न–९५ मास्क, स्यानिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरिएको हो । ‘ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको’, यस अभियानका संयोजक भीमसेन खड्काले जानकारी दिए ।

“हामी जति नै विदेशमा बसेपनि, जति सम्पति कमाएपनि आफ्नो सालनाल गाडिएको ठाउँ हो। हामी जहाँ हुर्क्यौ बढ्यौ र रमाईलो संग चाडपर्ब मनायौ, अझैपनि आफ्नो ठाउमै बसेर माटोको सुगन्ध संग रमाउदै हाम्रो गाउको अस्तित्व बचाई राख्नुभयका ति आमाबुबा , दिदिबहिनि दाजुभाईहरुमा सम्झना स्वरुप दशै-तिहार कोसेली दिन सके कमसेकम हामीले मनायको त्यो रमाईलो बाल्यकालको दशै तिहारको सार्थकता हुनेछ । रोगले भन्दा भोकले आक्रान्त बनेको अहिलेको अबस्थामा हाम्रो गाउघरका बालबालिकाहरुमा दशै तिहारले थोरै भयपनी खुशियाली ल्याउने थियो।”, खड्काले बताए।

बिदेशमा भएर नि गाउँ सम्झेर सहयोग गरेकोमा सोहि वाडका निवासी पूर्ण ब. थामीले खुसी ब्यक्त गरे। “उहाँहरुले अझै पनि आफ्नो ठाउँ बिर्सिनु भएको रैनछ , एस्तो दु:ख परेको बेला सम्झनु भयो खुसी लागेको छ। अब दशैँ रमाइलो सँग मनाउछौ।”,थामीले बताए।

राहत वितरणको लागि देश विदेशमा बस्ने समाजका सदस्यहरुले सहयोग संकलन गरेका थिए। समाजको तर्फबाट बाबा खड्का ,जेनी खड्का , प्रविन खड्का एबम वडा प्रतिनिधि लगायतले राहत वितरणको सहजीकरण गरेका थिए ।

समाजमा कोरोनाले पैदा गरेको आर्थिक, सामाजिक र मनोबैज्ञानिक संकटको वर्तमान अवस्थामा विदेशमा रहेर पनि बिपन्न समुदायलाई सम्झिएर राहत उपलब्ध गराएकोमा स्थानीय प्रतिनिधिले धन्यवाद दिए ।

कोशेली खरिद गरेर बाकी रहेको रु ५४,९६० रकम ‘कोभिड १९ बिरुद्ध परोपकारी कोष’ मा जम्मा गरिने र आफु बाँचौ र उरुलाई पनि बचाँउ भन्ने मानवीय उद्देश्यका साथ साबिकको चिलंखा गाबिस भरी कोरोना पिडीत , असाहय , अपांग , बृद-बृदा , अत्यन्त बिपन्न परिवारलाई एउटा सहयोग ब्यबस्थापन समिति बनाई त्यसको सिफारिसमा बितरण गरीने कुरा खड्काले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार