देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रमुख नेताहरु नेतृत्वको अन्तिम चुनाव ?

0

काठमाडौं – सरकारले स्थानियतहको निर्वाचन आगामी २०७९ बैशाखमा गर्ने निर्णय गरेसँगै आवधिक निर्वाचनका बिषयमा रहेको शंका मात्रै हटेको छैन आगामी वर्ष ‘चुनाव वर्ष’ हुने सुनिश्चितता पनि गरेको छ ।

वैधानिक व्यवस्थाअनुसार मंसिर र पुसमा आफ्नो महाधिवेशन गर्न बाध्य भएका दलहरुले चुनावलाई लक्षित गर्दै सुरु गरेका कार्यक्रम  सोमबार मन्त्रीपरिषद बैठकले मिति घोषणा गरेसँगै अब तीव्र रुपमा अघि बढ्नेछन् ।

दलले आफ्नो विधानमा व्यवस्था गरेअनुसारका निति नियमको ठिक ढंगले इमान्दारिताकासाथ पालना गर्नेहो भने यो पटकको चुनाव सबै दलका शिर्ष नेताहरुको लागी अन्तिम चुनाव हुनेछ ।

उनिहरुकै विधान अनुसार तीनै तहको चुनावमा मुख्य प्रतिस्पर्धा गरिरहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा यही वर्षका चुनाव अन्तिम परीक्षा हुनेछन् ।

एमालेको विधानमा पनि कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्ष उमेर पार नगरेको वा २ कार्यकाल एउटा कार्यकारी पदमा निर्वाचन नभएको हुनुपर्ने व्यवस्था छ । यो दुवै प्रावधानले अध्यक्ष ओलीलाई तेस्रो कार्यकाल पार्टीको नेतृत्व गर्ने अनुमति दिँदैन ।

अर्कोतर्फ कांग्रेस सभापति देउवाका लागि पनि यो आमनिर्वाचन नै अन्तिम हुनेछ । ७६ वर्षका देउवा अन्तिम कार्यकाल सभापति बनेका छन् । त्यसैगरी उमेर र अन्य राजनीतिक कारणले पनि नेपाल र दाहालका लागि पनि अन्तिम हुने संभावना छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार