देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रमुख ३ दलको निष्कर्ष : प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक

0

काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदम असंवैधानिक र अलोकतान्त्रिक भएको प्रुमख ३ दलले निष्कष्र्न निकालेको छ ।

संसद विघटन गर्ने सरकारी कदम बारे छलफलगर्न नेपाली कांग्रेसको आह््वानमा सोमबार साँझ बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा बसेको नेकपा, जनता समाजवादी पार्टी सहितको सर्वदलीय बैठकले गैरसंवैधानिक सो कदमको एकजुट भएर विरोध गर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।’

३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुन: बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

बैठकमा नेकपाकै असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुको सहभागिता थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता अशोक राई लगायत नेताको उपस्थिति थियो ।

नेकपा, कांग्रेस र जसपाले भोलि र पर्सि छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएकाले सो पछि फेरि बैठक बसेर विरोधका संयुक्त कार्यक्रम तय गर्ने निष्कर्षमा नेताहरु पुगेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार