देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रवासमा रहेका नेपाली महिलाले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

0

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष बिदेशस्थित बिभिन्न देशमा बसोवास गरेका नेपाली महिला अधिकारकर्मी  र नेपाल स्थित चेली माइती समूह काे नेपाली महिला हरुले ज्ञापनपत्र पेश गरेका छन् ।

नेपालमा महिला तथा बालबालिका बिरुद्ध भईरहेका अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले कानूनमा सुधार गर्नु पर्ने बिषयहरुका सम्बन्धमा प्रधानमन्त्री देउवा समक्ष निम्न लिखित माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

आज पेश गरिएको ज्ञापनपत्र जस्ताको तस्तै –

१.जेलमा रहेका अपराधीहरुले बिभिन्न राष्ट्रिय दिवसमा महामहिम राष्ट्रपति ज्यू मार्फत कैद मिनाहा गर्दा १८ बर्ष मुनिकालाई बलात्कार गर्नेहरु, बाल अपराध गर्नेहरु, एसिड छेप्ने जस्ता जघन्य अपराध गर्ने अपराधी हरुलाई सुविधा प्रदान नगर्ने ब्यबस्था होस् ।

२. अपराध पिडित महिलाले आफु रहे बसेको अस्थायी वा स्थायी जुनसुकै बतनबाट पनि उजुरी गर्न पाउने ब्यबस्था गरियोस ।

३. खाना लाउन शिक्षा स्वास्थ्य खर्च दावी गरिएका मुद्दामा अदालती शुल्क नलाग्ने ब्यबस्था गरियोस् ।

४. हिंसा पिडित महिला बालबालिकालाई मुद्दा फैसला नहुँदा सम्म निःशुल्क रुपमा संरक्षण गृहमा राख्ने ब्यबस्था गरियोस् वा भरण पोषण वापत तत्काल रकमै तोकेर खर्च भराउने ब्यबस्था गरियोस ।

५.घरेलु हिंसा (कसुर र सजाय) ऐन नियममा संसोधन गरी अन्तरीम संरक्षणको ब्यबस्थामा प्रहरी र स्थानिय निकायलाई समन्वय र सहकार्य गरी पिडितको बसोबासको ब्यबस्थापनमा अदालतको आदेश कार्यान्वयमा सहजीकरण गर्ने कानूनी प्रावधान राखियोस । सो कार्यमा प्रहरी र स्थानिय निकायलाई असयोग गर्नेलाई सरकारवादी फौजदारी मुद्दामा कारवाही गर्ने ब्यबस्था गरियोस् ।

६.घरेलु हिंसा मुद्दामा पक्राउ पूर्जी जारी गरेर प्रहरी मार्फत पक्राउ गराउन सक्ने गरेर ६ महिना सम्म सजाय र २५ हजार वा रुपैयाँ सम्म जरिवाना गर्न सक्ने अन्तरिम संरक्षणत्मक आदेश पालन नगरेकोमा थप सजाय गर्ने अधिकार महिला आयोगलाई दिइयोस ।

७. रोजगारी को प्रलोभनमा पारी बिदेशी भुमिमा बेचियका चेली हरु लाई तुरुन्त उद्दार साथै पिडक लाई कडा कार्वाही होस । हिरासतमा र कैदी रहेका कैदी हरु को लागी पाले बस्ने प्रहरी प्रत्येक कारागारमा मनो विमर्ष कर्ताको व्यवस्था गरियोस ।

ज्ञापनपत्र प्रस्तुतकर्ताहरुमा सीता श्रेष्ठ ( सिवानी) काठमाडौ-पोर्तुगल, सीता बराल पोखरा-डेनमार्क, सुभ इलमर लामा ललितपुर-स्विजरल्याण्ड, बिजय भट्ट-स्विजरल्याण्ड, सीता सापकोटा चितवन-बेल्जियम, सङ्रीला सुन्दरी लामा काठमाडौ-स्पेन, सुनिता लामिछाने चितवन-स्पेन, भवानी तिवारी इलाम-अस्ट्रीया, मिलि कोइराला काठमाण्डू-फ्रान्स, करुणा तुलाधर काठमाण्डू-जर्मन, निनाम्मा राई खोटाङ-जर्मन, भावा मल्ल-इटाली, दुर्गा के.सी. थापा गल्कोत-लक्जम्बर, मधु शर्मा-लक्जम्बर, सरस्वती खनाल काभ्रे-साइप्रस, गीता कंडेल दवाडी धापासी-अमेरिका, बिष्णु लुइँटेल स्याङ्जा-यु. के. र इन्दिरा निरौला सिन्धुली, चेलीमाईती समुह संयोजक रहेका छन् ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाली नारी समाज पोर्तुगलको तर्फबाट समाजकी अध्यक्ष सीता श्रेष्ठ, चेली माइती समुह नेपालकी संयोजक इन्दिरा निरौला, बरिष्ठ अधिवक्ता राजेन्द्र शर्माले संयुक्त रूपमा सम्माननीय प्रधानमन्त्री देउवालाई सो पत्र बुझाएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार