देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रवासी श्रमिकहरुको मुद्दामा आधारित प्रदेशस्तरिय भेला सम्पन्न

0

काठमाडौं – नेपालमा श्रमिकको क्षेत्रमा कार्यरत संस्थाहरुले प्रवासी श्रमिकहरुको मुद्दामा आधारित प्रदेशस्तरिय भेला सम्पन्न गरेका छन् ।

सोमबार बिडब्लुआई आवद्ध समिति नेपालले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि समितिमा आवद्ध ट्रेड युनियन काँग्रेस जिफन्ट अन्टुफका प्रदेशस्तरिय पदाधीकारी तथा सरोकारवालाको उपस्थितिमा प्रवासी श्रमिकहरुको मुद्दामा आधारित आधारित प्रदेशस्तरिय भेला सम्पन्न गरेका हुन् ।

कार्यक्रममा आवद्ध समितिका सदस्य तथा नेपाल निर्माणतथा सम्बद्ध श्रमिक संघ काउनका महासचिव प्रदिप आचार्यले सहभागीलाई स्वागत गर्दै प्रवासी श्रमिकको क्षेत्रमा विगतमा गरिएका कार्यहरु समेटेर तयार पारिएको भिडियो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा PNCC का तर्फबाट कुल प्रसाद कार्कीले कोभिडका कारण वैदेशिक रोजगारीका क्रममा रहेका कामदारको समस्याका बारेमा अध्ययन गरिएको भिडियो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ट्रेड युनियन काँग्रेसका वागमती प्रदेशका उपाध्यक्ष लिला चौलागाइँ, जिफन्टका रामहरि नेपाल अन्टुफका शिव पोखरेल लगायतले आफ्नो धारणा राखेका थिए ।

अखिल नेपाल निर्माण संघका अध्यक्ष अमित लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागीका तर्फबाट उठेका जिज्ञासाहरुको जवाफदिंदै BWI NAC को तर्फबाट आवद्ध समितिका सचिव नरनाथ लुइँटेलले श्रमिकका क्षेत्रमा काम गर्ने सबै संघ संस्था एक भएर अघि बढ्नुपर्ने बताए ।

No description available.

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार