देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सुनुवाइ हुँदै

0

काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ गर्ने भएको छ  ।

संसदीय सुनुवाइ समितिले आज सोमबार श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग साढे १० बजे छलफल गर्ने जनाएको छ ।

उक्त छलफल लगत्तै श्रेष्ठसँग पनि साढे ११ बजे छलफल गर्ने समितिको तयारी छ ।

संसदीय सुनुवाइका क्रममा श्रेष्ठले आफ्नो योग्यता, अनुभव, कार्य योजना र अवधारणा प्रस्तुत गर्नेछन् । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ ।

प्रस्तावित श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा ३ वटा उजुरी परेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार