देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरीका चार एसएसपी डीआईजीकालागी सिफारिस

0

काठमाडौं – नेपाल प्रहरीका चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसिहत)को नियम २७ को उप-नियम (४) अनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार