देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरीको भ्यानबाट हामफालेर भागे अभियुक्त

0
<p>गुगल फोटो</p>

गुगल फोटो

काठमाडौं – प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित प्रहरिको भ्यानबाटै भागेका हुन्।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको डिएसपी बेदप्रसाद गौतमले बताए।

घटनाको बारेमा अनुसन्धान गर्ने बताउँदै गौतमले ‘प्रहरी भ्यानमा ६/७ जना प्रहरी र ४, ५ जना थुनुवा थिए । एक अभियुक्त कसरी भागे भन्ने हामी अनुसन्धान गर्दैछौं।’

प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।

गत माघ १५ गते इप्रका सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। तीमध्ये २ जना अझै फरार छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार