देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल प्रहरीको एआईजी बढुवामा सरकारलाई सकस

0

(काठमाडौं) –  नेपाल प्रहरीमा रिक्त ३ अत्तिरिक्त महानिरीक्षक एआईजी पदमा नियुक्ति लागि सरकारले तयारी थालेको छ । एआईजीमा बढुवा हुन आकांक्षी धेरै भएपछि नियुक्ती गर्न भने सरकारलाई सकस हुनेछ । तीन पदका लागि अहिले जना ५ डीआईजी प्रतिस्पर्धामा छन् ।

यस्तै नवनियुक्त आईजी ठाकुर ज्ञवालीका व्याजी तारिणी प्रसाद लम्साल र सूर्य उपाध्याय पनि प्रतिस्पर्धी हुन् । आकांक्षी धेरै भएपछि एआईजी बढुवामा भने समय लाग्ने सम्भावना छ । एआईजीको सरुवा बढुवाको अधिकार सरकारलाई मात्र हुन्छ । यसअघि आइजीपी नियुक्तीमा देखिने विवाद यसपटक भने एआईजी नियुक्तिमा देखिने सम्भावना छ ।

एआईजी बढुवाका लागि डीआईजी शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की र नीरजबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ । तर, उनीहरु भन्दा पछि सेवा प्रवेश गरेका डीआईजी विश्वराज पोखरेल पनि एक नम्बरमा बढुवा हुन शक्ति केन्द्र धाउन थालेपछि एआईजी नियुक्तिमा विवाद हुने देखिन्छ।

२०४९ बैशाख १९ गते सेवा प्रवेश गरेका शैलेश थापा, हरि पाल र प्रद्युम्न कार्कीलाई उछिनेर एक नम्बरमा एआईजी बन्न सोही वर्षको चैत २९ गते सेवा प्रवेश गरेका डीआईजी पोखरेलको दौडधुप अहिले तीब्र छ । डीआईजी पोखरेल सत्तारुढ नेकपाका नेता ईश्वर पोखरेल निकट मानिन्छन् ।

थापा, पाल, कार्की र शाहीलाई उछिनेर एक नम्बरको एआईजी बन्न सके आगामी असार २५ गते पोखरेल नै आईजीपी बन्नेछन् । नवनियुक्त आईजी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण त्यसबेला अवकास पाउँदै छन् । विवादरहित २७ औं आईजीपी नियुक्त भएका ज्ञवाली डीआईजीबाट बढुवा भएपनि २८ औं महानिरीक्षक भने एआईजीबाट नियुक्त हुने भएकाले पोखरेलको दौड तिब्र भएको हो ।

आफ्ना ब्याचीहरुलाई उछिनेर पोखरेल गत बैशाखमा डीआईजीमा एकल बढुवा भएका हुन् । डीआईजी पोखरेलका कारण एआईजी बढुवामा सकस हुने र ‘चेन अफ कमाण्ड’ बिग्रिने जानकारहरु बताउँछन् । रिक्त तीन पदका लागि कार्य सम्पादन मूल्यांकनका आधारमा पहिलो नम्बरमा रहेका डीआईजी थापा, दोस्रो नम्बरका पाल र तेस्रो नम्बरका कार्कीलाई नै एआईजीमा बढुवा गर्न जानकारहरु सरकारलाई सुझाउ छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता समेत रहेका थापाको दरबन्दी महानिरीक्षकको सचिवालयमा छ । यस्तै कार्कीको प्रदेश २ प्रहरी प्रमुख तथा शाहीको केन्द्रीय अनुशासन ब्यूरो सीआईबीमा छ । पोखरेल भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार