देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरीलाई ढुंगा प्रहार गर्ने २ सिन्धुपाल्चोकबाट पक्राउ

0

(सिन्धुपाल्चोक) – लकडाउनको समयमा मोटरसाइकल चलाई प्रहरीमाथि ढुंगा समेत प्रहार गरेको अभियोगमा २ जनालाई सिन्धुपाल्चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचपोखरी गाउँपालिका–४ बस्ने २८ वर्षीय आकाश तामाङ र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लकडाउनको समयमा मोटरसाइकल चलाएकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा आकाशले अचानक प्रहरीलाई ढुंङ्गा प्रहार गरेका थिए ।

ढुंगा लागेर घाइते भएका प्रहरी चौकी मानेखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षकको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार