देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरीले बाटोमा फेला पारेको ९ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई जिम्मा लगायो

0

काठमाडौं – महोत्तरी प्रहरीले बाटोमा भेटिएको ९ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरीको टोलीले पेट्रोलिङका क्रममा सडक छेउमा फेला परेको ९ लाख ५ सय ६२ रुपैयाँ स्थानीय महतो किराना पसलका सञ्चालक जगदीश महतोलाई जिम्मा लगाएको हो ।

एक महिना अगाडि राति इलाका प्रहरी कार्यालय गौरीडाँडाको प्रहरी बिट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल पेट्रोलिङ गर्ने क्रममा सो रकम फेला पारेको कार्यालय प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

प्रहरीले पैसा गन्ने क्रममा सो पैसाको बीचबीचमा महतो किराना पसलका केही बिलसमेत भेटिएका थिए । पछि रकम महतो किराना पसलकै पैसा हुन सक्ने ठोस आधारहरू देखिएको र यसबीचमा कसैले पनि दावी नगरेपछि रकम उनकै निष्कर्षमा पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीबाहेक अरूले भेट्टाएको भए भेट्न असम्भव हुने पसल सञ्चालक जगदीश महतोले बताए । उनले २५ हजार रुपैयाँ बराबरको प्रहरी संरचना बनाइदिने घोषणा गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार