देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको फाईनलमा

0

काठमाडौं – सिल्क ग्रुपका प्रिन्स दाहाल सिरहाको गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृति राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले राष्ट्रिय वरियतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्ग माथि २१।१४, १५।२१, २१।१५ को जित निकाल्दै फाईनलमा स्थान बनाएका हुन् । प्रिन्सको रत्नमाथिको यो लगातार दोश्रो जित हो ।

लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सलेले पराजित गरेका हुन् । यस अघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक राशीको प्रतियोगितामा पनि पराजित गरेका थिए । अब उनले फाईनमा उपाधिका लागि एपीएफका दिपेश धामीको सामना गर्नेछन् । धामीले सेनाका प्रफुल महर्जनलाई २१।१२, १८।२१, २१।१२ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ वरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाईनल प्रवेश गरिन् ।

एपीएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१।१३, २१।१५ ले पराजित गर्दै फाईनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनकी रशिला महर्जनको सामना गर्ने भएकी छिन् । रशिलाले सेनाकै अमिता गिरी माथि २१।६, १८।२१, २१।१२ को जित निकालिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार