देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

0

एजेन्सी – इग्लिस प्रिमियर लिग फुटबलमा साविकको उपविजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।

सोमबार राति भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए । सिटीले खेलको २० औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

वल्भ्सका लागि ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जेसस चुकेपनि पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए ।

यस्तै, अर्को खेलमा एस्टन भिल्लाले १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । भिल्लाको जितमा इज्री कोन्साले ६३औं मिनेटमा गरेको गोल नै भिल्लाको जितमा पर्याप्त बन्यो ।

त्यसअघि खेलको १२औं मिनेटमा जोन इगन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा समेटिएो थियो । ३६औं मिनेटमा जोन लन्डस्ट्राम पेनाल्टीमा चुक्दा सेफिल्डले अग्रता लिने अवसर गुमाएको थियो । भिल्लाले पहिलो खेलमा नै सफलता हात पारेको हो । सेफिल्डको यो लगातार दोस्रो हार हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार