देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रिमियर लिगमा वेस्ट ह्यामको सानदार जित

0

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा वेस्ट ह्यामले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई ४-० गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

सिजनको पहिलो लिगमा जितका लागि जरोड बोवेनले वेस्ट ह्यामका लागि दुई गोल गरे । घरेलु मैदानमा १७ औं मिनेटमा जरोड बोविनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा बोविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ६६ औं मिनेटमा उल्भ्सका राउल जेमिनेजले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम ३-० ले अघि रह्यो । खेलको इन्जुरी समयमा सेबास्टियन हलेरले गोल गर्दै वेस्ट ह्यामलाई ४-० को जित दिलाए ।

जितसँगै वेस्ट ह्यामले ३ खेलमा ३ अंक जोडेको छ । वेस्ट ह्याम तालिकाको दशौँ स्थानमा रहेको छ । उल्भ्सको यो दोस्रो हार हो । उल्भ्सले ३ खेलमा ३ अंक जोडेको छ । लिगकै अर्को खेलमा लिड्सले सेफिल्ड युनाईटेडलाई १–० ले स्तब्ध पाऱ्यो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार