देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिजको फाईनल आज

0

(काठमाडौं) – प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज हुँदै छ । दुई विधामा फाईनल प्रवेश गरेका नेपालका प्रिन्स दाहालले आज उपाधिका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्दै छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाईनल प्रवेश गरेका हुन् । दाहालले भारतका अभिन वशिष्ठलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दाहालले उपाधिका लागि प्रतियोगिताका पहिलो वरियता तथा विश्व जुनियर वरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसँग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अबे विक्रमालाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

दाहाल पुरुष युगलमा पनि फाईनल प्रवेश गरेका छन् । पेम्बा शेर्पासँग मिलेर दाहालले अमृत चौधरी र जे.बी. साउदलाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए । अर्को प्रतिस्पर्धामा भारतका आर. विकास प्रभु र अरुण कार्थिक के.को जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई पराजित गर्दै दाहाल र शेर्पाको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

महिला जोडी तर्फ नेपालका विष्णा विष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे । विष्ट र खत्रीको जोडीले फाईनलमा भारतका ग्नन्दा के. र सानिया सिकन्दरको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

महिला एकल तर्फ भारतकी तस्निमा मिर र मलेसियाकी करुपथेभन लेत्शानाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको फाईनल शनिबार दिउँसो बजेबाट सुरु हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार