देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रेस युनियन सिन्धुपाल्चोकले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने

0

काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले युनियनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने भएको छ ।

युनियनको हालै सम्पन्न पहिलो कार्यसमिति बैठकले युनियन आवद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको युनियन सिन्धुपाल्चोकका उपाध्यक्ष निरोज चौलागाईंले बताए ।

युनियन उपाध्यक्ष चौलागाईंका अनुसार प्रेस युनियन सिन्धुपाल्चोकमा ६५ जना पत्रकार आवद्ध छन् । उनीहरू सबैकाे एक वर्षभित्र निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय भएको हो ।

बैठकले चौलागाईंको संयोजकत्वमा पाँच सदस्य रहेको स्वास्थ्य बीमा उप समिति गठन गरेर जिम्मेवारी दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार