देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्र.नि थापाको ठूलो सफलता ,गाँजा र सुन ,चाँदी सहित एक जना पक्राउ

0

धर्मेन्द्र प्रसाद यादव /वीरगंज – प्रहरी निरीक्षक दीपक थापाको सक्रियताले आज दुई वटा ठूला काम सफल पारेका छन l ईलाका प्रहरी पोखरिया बाट खटिएको प्रहरी टोलीले हिजो आईतबार दुई वटा छुटा छुटै स्थानबाट लागू औषध गाँजा र सुन ,तथा चाँदीका गरगहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ l ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको प्रहरी टोलीले लागु औषध गाँजा बरामद गरेको छ l

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा बहुदरमाई न.पा. वडा नं.९ स्थित लागु औषध गाँजाको ओसारपसार हुने भन्ने सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय पोखरियाबाट बहुदरमाई न.पा. वडा नं.९ मा खटिएको टोलीले आज आईतबार ०३:०० बजे ऐ.ऐ.बस्ने वर्ष ३५ को असगर देवान भन्ने नैमोदिन देवान तत्काल खटि गएको प्रहरी टोलीलाई देख्नासाथ भागी फरार भएको र निजको घरकोठा रीतपूवर्क खानतलासी गर्दा निज सुत्ने कोठाभित्र जस्ताको बक्सामुनी लुकाइछिपाई राखिएको लागु औषध गाँजा २० के.जी. र भन्साकोठामा राखिएको गाँजा १४ के.जी. गरी जम्मा ३४ के.जी. लागु औषध गाँजा फेला परेकोमा उक्त गाँजा बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको साथै; निज असगर देवान भन्ने नैमोदिन देवानको तदारुक्ताका साथ खोजतलास भइरहेको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए l

यस्तै पर्सामा सुन र चाँदीका गर गहनासहित एक जना पक्राउ परेका छन l भारतबाट अवैधरूपमा सुन तथा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय पोखरियाको चेकिङ टोलीले हिजो आईतबार विहान ०९:१५ बजे जि.पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.२ स्थित सडक खण्डमा शंकास्पदरूपमा पैदल हिंडिरहेका जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.२ बस्ने सोनु कुमार सोनार लाई रोकी निजको तलासी लिँदा निजले बोकेको कालो रंगको ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.९७० ग्राम र सुन जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १४.४०० मिली ग्राम फेला परेकोले निजलाई उक्त सुन चाँदी सहित नियन्त्रणमा लिएको ईप्रका पोखरिया का प्रमुख प्र.नि दीपक थापाले बताए का छन l

आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।मुद्दा:- राजश्व छलि चोरी पैठारी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार