देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फर्जि मतपत्र भेटिएपछी कांग्रेस बाराको निर्वाचन रद्द, मतपत्र जलाइयो

0

काठमाडौं – नेपाली कांग्रेस बाराको जिल्ला नेतृत्वको लागि पहिलोपटक प्रतिस्पर्धा भइरहेको निर्वाचनमा मतदान जारी रहेको बेला विवाद भएपछि रद्द गरिएको छ ।

बाराको कलैयामा शनिबार भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जनाए ।

उनकाअनुसार २ नम्बर निर्वाचन क्षेत्रको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप पाइएको हो । पुन: मतदानको लागि आइतबार बैठक बसेर तय गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताए ।

‘इन्ट्री गरेको मतपत्रभन्दा बढी मतपत्रखसेको (बाहिरबाट ल्याइएको) पाइयो,’ उनले भने, ‘अमर्यादित हुन थालेपछि उत्छृंखल मच्चाउने धेरै भए, त्यसैले सुरक्षाकर्मीको सहयोग र उम्मेदवारको सल्लाहमा सबै मतपत्र जलाइएको छ ।’ यसबारे केन्द्रीय निर्वाचन समितिमा जानकारी गराइसकिएको उनले बताए । ‘कुन पक्षले मतपत्र कब्जा गरे भनेर एकिन हुन सकेको छैन्,’ उनले भने ।

सभापति पदका लागि संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् । शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । उनीहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार