देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फेरी सर्यो कांग्रेस महाधिबेशन अब कहिले हुन्छ ? (तालिका सहित)

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिबेशनको तालिका फेरी सरेको छ । कांग्रेसले २० जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक गर्न नसकेपछि गाउँपालिका/ नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको अधिवेशन पछि सारेको हो।

कांग्रेसले अब भदौ २७ गतेका लागि तोकिएको स्थानीय तहको अधिवेशन वडा अधिवेशन सकाएरमात्रै गर्ने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएका जिल्लाको हकमा वडा अधिवेशन आगामी असोज ५ गते हुने भएको छ।

त्यस्तै, गाउँ/नगरपालिका अधिवेशन असोज ९ गतेका लागि सारिएको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका लागि सारिएको छ।

त्यसैगरी, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते हुने भएको छ। प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते तथा केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।

यस्तो छ नयाँ कार्यतलिका –

 


द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार