देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फागुन १६ सम्म पास नगरे एमसिसीको पैसा अरुलाई दिन्छौं – फातिमा सुमार

0

काठमाडौं – एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसदबाट पारित गर्ने समयसीमा नेपालका नेताहरु आफैँले तोकेको हुनाले त्यसलाई अनुमोदन गर्न सुझाएकी छिन् ।

बुधबार एक भर्चुअल कार्यक्रममा बोल्दै एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले परियोजना पारित गराउनको लागि ४-५ महिनाको समय मागेर सेप्टेम्बरको अन्तिम साता पत्र पठाएको बताइन्।

‘उहाँहरुले नै तय गर्नु भएको समयसीमा आगामी फेब्रुअरी २८ मा सकिँदैछ। एमसीसीले सो समयसीमालाई सम्मान गर्न आग्रह गर्दै गत शुक्रबार पत्र पठाएको छ,’ उनले भनिन्, ‘यतिबेला सो सम्झौतामा कुनै संशोधन हुन सक्दैन। नेपालले नलिने निर्णय गरेमा हामी त्यो पैसा अन्य आवश्यक मुलुकलाई दिन्छौं।’

फातिमाले एमसीसी प्रस्ताव संसदमा पेस गर्नेमात्र नभएर फेब्रुअरी २८ भित्र त्यसलाई पारित गर्नुपर्ने बताइन्। उनले अब ढिलाई गर्ने नीति लिने, त्यही एउटै कुरालाई बारम्बार दोहोर्‍याउने समय नभएको बताउँदै अब छनोट गर्ने समय आएको उल्लेख गरिन्।

आगामी मार्च महिनामा अमेरिकी विदेशमन्त्रीले नेतृत्व गर्ने एमसीसी बोर्डको बैठक अगाडि नेपालले अनुमोदन नभएमा बोर्डलाई एमसीसी नेपाल कम्प्याक्टको विषयमा जानकारी गराउने तयारी एमसीसी सचिवालयको रहेको उनले बताइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार