देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फाल्गुनन्दको काेराेना काेषमा लक्ष्मी लघु वित्त वित्तीय संस्था लि.को आर्थिक सहयोग

0

(पाँचथर) – लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राँकेले फाल्गुनन्द गाउँपालिकाको कोराना संक्रमण नियन्त्रण काेष व्यवस्थापन समितिलाई सोमबार रु दस हजारको चेक हस्तान्तरण गरेको छ ।

शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही भएपनि कोरानाबिरुद्धको लडाइमा एक्यबद्धता जनाउन पाएकोमा निकै खुशी भएको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. शाखाका कार्यालय प्रमुख योगेन्द्र राज कार्कीले बताए । सहयोगप्रती गाउँपालिका प्रमुख बिर बहादुर कुरुम्बाङ्ग ले धन्यवाद ब्यक्त गरेका छन् ।

साथै शाखा कार्यालय अन्तर्गत आफ्ना ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र आगामी असार मसान्तसम्म व्याजदर समेत घटेको हुँदा सोको लाभ लिन समेत शाखा प्रमुख कार्कीले आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार