देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फिफाको वरियतामा नेपाल यथावत स्थानमा

0

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल १७१ औँ स्थानमा यथावत रहेको हो ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेश बाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ । बङ्गलादेश फिफा वरियतामा दुई स्थान झरेको छ ।

विश्वकप छनोट अन्तर्गतको खेलमा कतारसंग फराकिलो हार भोगेको बंगलादेश २ स्थान तल झरेको हो । दक्षिण एसियाली वरियतामा भारत शीर्ष स्थानमा छ । उसको वरियता १ सय ४ औ रहँदा माल्दिभ्स १ सय ५५ औं स्थानमा छ ।

दक्षिण एसियाली देशमध्ये भारत १०४ औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६ औँ स्थानमा रहेको छ ।

फुटबलको विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १० औँ स्थानमा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार