देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फिफा वरियतामा नेपाल यथावत् स्थानमा

0

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल अघिल्लै स्थानमा कायम रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमै कायम रहेको हो ।

कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो ।

कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा  छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा  छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार