देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फुङ्लिङ आगलागी, वृद्धाकाे मृत्यु

0

काठमाडौं – ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका-४ मा आगलागी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ ।

कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलकाे सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

स्थानीय रबिन लिम्बुको घरमा ग्याँस पड्केर सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार