देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘फेरि चुनाव लड्न राजीनामा दिनैपर्ने, (प्रस्तावित निर्वाचन आचारसंहिताको पुर्ण पाठ)

0

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।

यो आचारसंहिता आयोगले तोकेको मितिदेखि लागू हुने उल्लेख गरेको छ।  राजपत्रअनुसार बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ’ राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा उल्लेख छ।

राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर, सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार