देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फेरि फुट्यो लोसपा, लालको नेतृत्वमा तमलोपालाई ब्युँताउने तयारी

0

जनकपुर – फुटको शृंखलालाई निरन्तरता दिँदै एउटा मधेसवादी पार्टी मंगलवार पुन:  टुक्रिएको छ ।

जिल्ला समन्वय समिति, धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वृशेषचन्द्र लालले लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीलाई ब्युँताउने उद्घोष गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, संविधासभा सदस्य विजयकुमार सिंहलगायतका नेता कार्यकर्ताहरूले लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेर तमलोपा ब्युँताउने बताएका हुन् ।

‘बृहत् राजनीतिक शक्ति निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरुको अस्तित्व नै रहेन । नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वाभवत : लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ,’ उनले भने ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विजयकुमार सिंहले भने, ‘क्षेत्रीयता बना संघीयता सफल हुन सक्दैन । हाम्रो दल क्षेत्रीय दल हुने छ । क्षेत्रीयतामार्फत हामी राष्ट्रिय एकताको उद्घोष गर्छौ । क्षेत्रको विकासमार्फत राष्ट्रको विकास गर्छौ ।’

लाल र डा.सिंहको नेतृत्वमा पूर्व तमलोपा पार्टी आवद्ध झण्डै सय जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् । जसमा लोसपाका रामजी राय,धीरेन्द्र बहादुर सिंह,सतिस लाल दास,योगेन्द्र राय,उमेश मण्डल र मोहम्मद असगर अलिलगायतका प्रमुख छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार