देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फेरि बढ्यो पेट्रोलियम पदार्थ, पेट्रोल प्रतिलिटर १४२, डिजल र मट्टीतेल १२५ रुपैयाँ

0

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।

योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो ।

त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ । यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ ।

मूल्य बढाउँदा पनि १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटा हुने आयल निगमले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार