देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फेरी बढ्यो कोरोना, १५६५ निको हुँदा २६३४ संक्रमित

0

काठमाडौं – मंगलबार कोरोना संक्रमणबाट २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ८५ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, उक्त अवधिमा थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार