देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फेसबुकमा अब जुनसुकै गेम डाउनलोड नगरी खेल्न सकिने

0
<p>गुगल</p>

गुगल

काठमाडौं – फेसबुकका प्रयोगकर्ताले अब डाउनलोड नगरेरै अस्फाल्ट नाइन जस्ता गेम खेल्न सक्ने भएका छन् । फेसबुकले नयाँ अपडेट मार्फत क्लाउड गेमिङ फिचर सार्वजनिक गरेर यो सुबिधा ल्याएको  हो ।

फेसबुकको क्लाउड गेमिङ तत्कालका लागी एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ भने आईओएस प्रयोगकर्ताले अझै केही समय पर्खिनुपर्ने फेसबुकले जनाएको छ ।

फेसबुकको क्लाउड गेमिङ गुगल स्टेडिया तथा माइक्रोसफ्टको एक्सक्लाउड जस्तो भने होइन । नयाँ अपडेट पश्चात फेसबुकका प्रयोगकर्तालाई गेमिङका लागि एक छुट्टै ट्याब दिइनेछ । जसमा क्लिक गरेर अनेक किसिमका गेमहरु बिना डाउनलोड खेल्न सकिनेछ । यसबाट प्रयोगकर्ताको डेटा र मेमोरी बचत हुनेछ ।

फेसबुकको यो गेमिङ सर्भिस हाललाई अमेरिकामा सार्वजनिक गरएको छ । नेपाल लगायतका अन्य देश तथा आईओएस डिभाइसमा कहिले आउँछ भन्ने विषयमा कुनै प्रस्ट जानकारी कम्पनीको तर्फबाट आएको छैन ।

फेसबुकले यो सुविधा चाँडै एप्पल सफारी ब्राउजरमा सार्वजनिक गर्ने प्रयास गरिने उल्लेख गरेको छ । फेसबुकको यो क्लाउड गेमको टेस्टिङको दौरान दुई लाख व्यक्तिले खेलेका थिए । एजेन्सी 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार