देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फोन गरेर चन्दा माग्ने दुई रौतहटबाट पक्राउ

0

रौतहट – फोनबाट चन्दा माग्ने र ज्यान मार्ने धम्की दिंएको अभियोगमा रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–३ गमहरियाका जयकिशुन ठाकुर र सर्लाही धनकौल गाउँपालिका–७ बैरियाका २८ वर्षीय मुुकेश यादव रहेका छन् ।

रौतहट र सर्लाहीका ब्यापारी, शिक्षकलाई धम्क्याउँदै चन्दा मागेको आरोपमा ईलाका प्रहरी गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

चन्दा उठाउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको गरुडाका डिएसपी ज्ञानकुुमार महतोले बताए ।

दुबैले यसअघि सर्लाही बरहथवा बजारका ग्याास डिलर तथा जग्गा कारोबारी रामदेब यादबलाई धम्क्याउदै १५ लाख रुपैया मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार