देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फ्रान्समा फेरी एक महिना राष्ट्रव्यापी लकडाउन

0
<p>गुगल</p>

गुगल

काठमाण्डाै – फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका हुन् ।

उनले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिए । नयाँ प्रतिबन्ध अनुसार अब अति-आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ ।

रेष्टुरेन्ट र बारलगायत अति-आवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् । आउँदो डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपति म्याक्रोले बताएको खबर छ ।

फ्रान्समा गएको २४ घण्टामा ३६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ । यस्तै ३५ हजार ७ सय ८५ जनाको भने ज्यान गएको छ । एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार