देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बंगलादेशसँग जीटूजी प्रक्रियाबाट मल खरिद गर्न स्वीकृति

0

काठमाडौं – सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार-सरकार (जीटूजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक खण्डको नौबिसे–मुग्लिन खण्डका खहरे खोला, चिरौंदी खोला, गोमती खोला र हुग्दी खोला गरी जम्मा ४ वटा पुल निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै, सवारीचालक अनुमतिपत्रको नवीकरण एवं संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरूको जाँचपास र रुट इजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्तभित्र परेमा ढिलो भएबापत नवीकरण म्याद नाघेवापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने निर्णय भएको छ ।

मंसिर २३ गतेको मन्त्रिपरिषदको बैठकले प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति, २०७७–२०८८ स्वीकृत गरेको छ । नेपाल लेखापरीक्षण सेवा नियमहरू, २०७७ पनि स्वीकृत भएको छ । यस्तै निजामती सेवा नियमावली, २०५० को अनुसूचीमा हेरफेर तथा थपघट गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको मन्त्री गुरुङले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार