देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बजार अभाव र मूल्य घट्दा घरमै थन्कियोअलैँची

0

गलकोट – थोरै लगानी र मिहिनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित  कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए ।

बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा  खेतीयोग्य जमीनमा समेत अलैँची खेती विस्तार भइरहेको छ ।  अहिले अधिकांश किसानले गत वर्ष उत्पादितक अलँैचीसमेत बिक्री नहुँदा गोदाममै राखेका छन् ।

सात वर्षअघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो चार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्दा सुकेको अलैँची प्रतिकिलो रु दुई हजार पाँच सयमा घरबाटै बिक्री भइरहेको थियो ।

अलैंचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी २० रोपनी पुर्याएका छन् । अहिले भने उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा रोका मात्रै हैन, अधिकांश किसान चिन्तित छन् ।

रोकाले पोहोर उत्पादन गरेको दुई क्विन्टल सुकेको अलँैची समेत गोदाममै  छ । पोहोर अत्यधिक हिउँ परेका कारण अलैँची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ । अहिले पोहोरभन्दा ७५ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोकालाई छ । उहाँले पोहोर र अहिले गरेर सात क्विन्टल अलैँची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताउनुभयो । उहाँका अनुसार प्रतिकिलो रु ६ सयमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।

ताराखोला–२ अर्गलका करीब ४०  कृषक अहिले अलैँची टिप्न व्यस्त छन् । गत वर्षका तुलनामा अलैँची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकलाई  उत्पादन गर्न भ्याई नभ्याई छ । गत वर्ष अलैँचीसमेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरुको मनमा चिसो पसिरहेकै छ ।

रु ६ सयमा नेपालीबाट किनेको अलैँची भारतले नेपालको झापा स्थित बिर्तामोडमा संकलन गरी प्रशोधनपछि तेस्रो मुलुकमा चर्को मूल्यमा पठाउँदै आएको छ । नेपालले सीधै तेस्रो मुलुकमा अलैँची उत्पादन गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्ने अवस्था आउने छ ।

ताराखोला–२ अर्गलमा मात्रै ४० भन्दा बढी कृषकले चार सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । गलकोट, जैमिनीलगायत क्षेत्रमा समेत अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ । बागलुङका अलैँची किसान शुरुमा यथोचित दाम पाए पनि वर्षेनी मूल्य घट्दै गएका कारण पोहोर सुकाएको अलैँचीसमेत गोदाममै रहेको गुनासो गर्छन् ।

अलैँचीबाट मसला, तेल, मदिराको स्वाद बढाउने तत्वलगायत अमूल्य पदार्थ उत्पादन हुने गर्छन् । यसमा औषधीय गुणसमेत रहेको कृषकले बताउँदै आएका छन् । पोहोर अलैंचीको भाउ खोज्दाखोज्दै बन्दाबन्दीमा परेका कृषकले यस वर्ष सस्तो मूल्यमा भए पनि बिक्री गर्ने लक्ष्य राखेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार