देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बजेटमा बढेन तलब र सामाजिक सुरक्षा भत्ता

0

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार सङ्घीय संसदमा प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका हुन्।

यस पटकको बजेटमा पनि गत वर्ष जस्तै बजेटले राष्ट्रसेवक कर्मचारीको विषय र सामाजिक सुरक्षा भत्ता यथावत राखिएको छ। सरकारले आर्थिक वर्ष २०७९/८० मा राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो। 

सरकारी सेवामा रहेका एक लाख २५ हजार कर्मचारीलाई प्रदान गरिँदै आएको विभिन्न भत्तामध्ये पाँच हजार रुग्ण उद्योगमा सेयर वापत लगानी गर्ने प्रस्तावमाथि कर्मचारीले आक्रोश व्यक्त गरेका छन्।

निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल यो बजेटप्रति सन्तुष्ट नरहेको बताए। यो बजेट कर्मचारीको भावना विपरीत भएकाले कर्मचारी युनियनको विरोध रहेको उनको भनाइ छ । 

प्रत्येक वर्ष पाउने महँगी भत्तालाई तलबमै समावेश गर्न सुझाव दिए पनि त्यो कार्यान्वयन नहुनु कर्मचारीको लागि दुःखद भएको उनको भनाइ छ। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार